September 21, 2024

व्यावसायिक र सृजनशील प्रशासन,विकास, समृद्धि र सुशासन

Departments

प्रर्दशनी शाखा

  • ग्यालरी इन्चार्जको रुपमा ग्यालरी खोल्ने र बन्द गर्ने, ग्यालरीको आवश्यक सरसफाई, सुरक्षा, प्रदर्शनी योजना, निर्माण र व्यवस्थापन लगायतका कार्य गर्ने गराउने जसका लागि सहायक इन्चार्जसँग समन्वय गरी आवश्यक सल्लाह मार्गनिर्देशन गर्ने ।
  • आफू मातहतको कार्य क्षेत्र भित्र रहेका कर्मचारी तथा जिम्मेवारीको परिचालन गरी सहजीकरणका लागि आवश्यक अनुगमन तथा निर्देशन दिने ।
  • संस्थाको विकासका लागि प्रमुखद्वारा तयार गरिएका योजनाको सफलता पूर्वक कार्य गर्ने गराउने ।
  • ग्यालरीहरुको निर्माण, व्यवस्थापन तथा सो अनुसारको योजना तयार गरी प्रमुखको स्वीकृतिमा कार्य सम्पन्न गर्ने गराउने ।
  • प्राप्त जिम्मेवारीको प्रगति प्रतिवेदन संग्रहालय प्रमुख समक्ष पेश गर्ने ।


पुरातत्व शाखा

  • आफू मातहतको कार्य क्षेत्रभित्र रहेका कर्मचारी तथा जिम्मेवारीको परिचालन गरी सहजीकरणका लागि आवश्यक अनुगमन तथा निर्देशन दिने ।
  • संस्थाको विकासका लागि प्रमुखद्वारा तयार गरिएका योजनाको सफलताका लागि कार्य गर्ने गराउने ।
  • शाखा अन्र्तगतका शाखाहरुको नियमन अनुगमन तथा नेतृत्व गरी आवश्यकता अनुसार कार्य गर्ने गराउने ।
  • प्राप्त जिम्मेवारी अन्र्तगत सम्भावना तथा समस्याहरुको पहिचान गरी सो अनुसार परिचालनका लागि संग्रहालय प्रमुखको स्वीकृतिमा सोहि अनुसार आफू र मातहतका कर्मचारीलाई परिचाल नगर्ने ।
  • संग्रहालयका सामाग्रीहरुको रेकर्ड व्यवस्थापन, प्रदर्शनी, अनुसन्धान, संरक्षण तथा सामाग्रीहरुको आगतनिर्गत सम्बन्धमा योजना निर्माण गर्ने गराउने ।
  • प्राप्त जिम्मेवारीको प्रगति प्रतिवेदन संग्रहालय प्रमुख समक्ष पेश गर्ने ।


अभिलेख शाखा

  • संग्रहालयमा रहेका संग्रहालय सामाग्रीहरुको व्यवस्थित लगत राख्ने ।
  • संग्रहालय बाहिर वा भित्र बाहिरिने भित्रिने प्रत्येक संग्रहालय सामाग्रीको लगत तयार गरी नियमित गर्ने ।
  • प्रर्दशनी, भण्डार तथा अन्य अवस्थामा रहेका संग्रहालय सामाग्रीहरुको लगत अद्यावधिक गर्ने ।
  •  शाखा प्रमुखसँग सहकार्य गर्ने ।
  •  आवश्यक अवस्थामा अन्य ग्यालरीहरु सँग सहकार्य गर्ने ।

 

वस्तु भण्डारण शाखा

  • भण्डारमा रहेका संग्रहालय सामाग्रीहरुको लगत राख्ने ।
  •  भण्डार बाहिर वा भित्र बाहिरिने भित्रिने प्रत्येक सामाग्रीको लगत तयार गरी नियमित गर्ने ।
  •  भण्डारमा रहेका संग्रहालय सामाग्रीहरुको लगत अद्यावधिक गर्ने ।
  •  शाखा प्रमुखसँग सहकार्य गर्ने ।
  •  भण्डारमा रहेका सामाग्रीहरुलाई व्यवस्थित, विधिसम्मत सुरक्षित रुपमा मिलाएर राख्ने ।
  •  आवश्यक अवस्थामा अन्य ग्यालरीसँग सहकार्य गर्ने ।


फोटोग्राफी तथा डकुमेन्टशन शाखा

  •  संग्रहालयमा प्रदर्शित तथा भण्डारणमा रहेका सबै वस्तुहरुको व्यवस्थित रुपमा फोटोग्राफी तथा डकुमेन्टशन गरि राख्ने ।
  •  विभिन्न स्थानहरु बाट प्राप्त भएका वस्तुहरुको तुरुन्तै फोटोग्राफी तथा डकुमेन्टश गरि राख्ने ।
  •  समय अनुसार डकुमेन्टशनहरु लाई अद्यावधिक गर्ने ।
  •  संग्रहालयको प्रचारप्रसारको लागि फोटोहरु खिच्ने व्यवस्था गर्ने ।
  •  शाखा प्रमुखसँग सहकार्य गर्ने ।


संरक्षण शाखा

  •  संग्रहालयको भण्डार, प्रदर्शनी कक्षमा रहेका तथा क्रोनोलोजि शाखामा प्राप्त हुने सामाग्रीहरुको जाँचवुझ गरी आवश्यकता अनुसार संरक्षण कार्य गर्ने ।
  •  संग्रहालयको भवन, भवन भित्रको वातावरणीय प्रभाव, वनस्पतिजन्य, वातावरणजन्य, किरा धमिराजन्य जोखिमको मूल्याङ्कन गरी संरक्षणका लागि अनुकुल वातावरण कायम गर्ने गराउने ।
  •  सम्भावित जोखिमबाट जोगाउनका लागि योजना बनाउने र सोहि अनुसार रेकर्ड व्यवस्थापन गर्ने गराउने ।
  •  संरक्षण कार्यका लागि आवश्यक योजना बनाउने र सो अनुसार रेकर्ड कार्य गर्ने गराउने ।
  •  प्राप्त जिम्मेवारीको प्रगति प्रतिवेदन पेश गर्ने ।


आर्थिक प्रशासन शाखा

  •  वार्षिक वजेट तथा कार्यक्रम तर्जुमा सम्वन्धी आवश्यक कार्य गर्ने ।
  •  लेखा परीक्षण, पेश्की, बेरुजुको लगत राख्ने, सम्परीक्षण गराउने एवं फछ्र्यौट गर्ने र अद्यावधिक गराउने सम्बन्धी कार्य ।
  •  राजश्व, धरौटी, विनियोजन तर्फको लेखाङ्कन एवं प्रतिवेदन लगायत आन्तरिक आर्थिक प्रशासन सम्बन्धी कार्य ।
  •  आर्थिक प्रशासन सम्बन्धी राय सल्लाह एवं कानुनी सल्लाह ।
  •  प्रगति प्रतिवेदन लगायत कार्यालय प्रमुख द्वारा तोकिएका अन्य कार्यहरु ।


प्रशासन शाखा

  • प्राप्त प्रशासनिक जि.स. सामानहरुको आम्दानी, खर्चको अद्यावधिक गरी व्यवस्थित तरिकाले राख्ने ।
  •  दर्ता, चलानी, फाइलिङ् तथा अभिलेखलाई व्यवस्थित तरिकाले व्यवस्थापन गर्ने ।
  •  कर्मचारीहरुको नियुक्ती सरुवा बढूवा अवकास, राजीनामा सम्बन्धि प्रक्रियागत कार्यहरु गर्ने ।
  •  नयां नियुक्ती पाएका कर्मचारीहरुलाई कार्य विवरण तयार गरी उपलव्ध गराई सोही अनुसार काममा लगाउने सम्बन्धमा निर्देशन भए अनुसार आवश्यक कार्यहरु गर्ने ।
  •  कर्मचारहिरुको व्यक्तिगत विवरण अद्यावधिक राख्ने र हाजिरी विदाको रेकर्ड राख्ने कार्य गर्ने ।
  • कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन फारम समयमा नै भर्न लगाउने व्यवस्थाका लगि आवश्यक कार्यहरु गर्ने ।
  •  नियमित कर्मचारी बैठकका लागि आवश्यक कार्यहरु गर्ने ।
  •  वाहिरबाट आएका पत्रहरुका सम्बन्धमा आवश्यक कारवाहीको लागि पेश गर्ने ।
  •  शाखासंग सम्बन्धित अभिलेखहरु अद्यावधिक गरि राख्ने ।
  •  पुस्तकालय व्यवस्थापन गर्ने ।
  •  टिकट शाखामा रही टिकट विक्रि वितरण गर्ने ।
  • कार्यालयको सुरक्षाको लागीपालो पहरा मिलाउने ।
  •  अन्य प्रशासनिक कार्य संचालनका कार्य ।
  •  आगन्तुक पुस्तिका राख्ने र आगन्तुक विचार संग्रह गर्ने ।
  •  संग्रहालय प्रमुखको निर्देशनमा अन्य कामहरु गर्ने  गराउने ।


जिन्सी शाखा

  •  प्रत्येक शाखाबाट स्वीकृतीबाट माग फारम अनुसार माग भई आएको जिन्सी सामान मौज्दातमा भए उपलव्ध गराउने मौज्दात  नभए आवश्यक प्रक्रिया पुर्याई बजार बाट खरिद गरी उपलव्ध गराउने ।
  •  खर्च भई जाने जिन्सी सामान र खर्च भई नजाने जिन्सी सामानको बेग्ला बेग्लै रजिष्टर खडा गर्ने कार्यकारी अधिकृत बाट प्रमाणित गराउने ।
  •  कार्यालयको चल-अचल सम्पत्तिको संरक्षण, सम्बद्र्धन, सुरक्षा र प्रयोग सम्बन्धी आवश्यक व्यवस्था मिलाउने ।
  •  कार्यालयलाई आवश्यक पर्ने जिन्सी सामानहरुको खरिद, दाखिला र प्रयोग सम्बन्धी व्यवस्था मिलाउने ।
  •  कार्यालयमा रहेका र खरिद हस्तान्तरण बारे आवश्यक प्रक्रिया पुरा गरी गराई उपलव्ध गराउने ।
  •  नियमानुसार खरिद दाखिला र हस्तान्तरण गरी लगत अद्यावधिक गर्ने ।
  •  जिन्सी निरिक्षणबाट लिलाम विक्रि गर्न उपयुक्त ठहर्याईएका जिन्सी सामानहरुको छुट्टै लगत तयार गरी तोकिएको कार्यविधी पुरा गरी लिलाम विक्री गर्ने गराउने ।
  •  लिलाम विक्री हुन नसकी मिन्हातर्फ कारवाही चलाउन पर्ने स्थितीमा रहेका तथा मिन्हा दिन उपयुक्त हुने भनी ठहर्याइएका जिन्सी मालसामानहरुको परिमाण, मुल्य, अवस्था र आधार कारण खोली आवश्यक प्रक्रिया पुरा गरी सिफारिससाथ मिन्हाको निम्ति पेश गर्ने ।
  •  लिलाम विक्रि, हस्तान्तरण र मिन्हा भई गएका मालसामानहरुको लगत कट्टा गरी विवरण अद्यावधिक गर्ने ।
  •  राष्ट्रियपर्व, उत्सव, महोत्सव आदिमा कार्यालयको तर्फबाट गर्नु पर्ने आवश्यक व्यवस्थापकिय कार्यहरु  गर्ने ।
  •  कर्मचारीहरु रमाना भई जांदाजिन्सी मालसामानहरुको बरबुझारथ गर्ने गराउने ।
  •  खरिद गरी वावस्तुगत सहायता वा कुनै पनि प्रकारबाटआएका माल सामान प्राप्त भएका मितिले तिनदिन भित्र आम्दानी बाध्ने  ।
  •  संग्रहालयप्रमुखको निर्देशनमा अन्य काम गर्ने ।