September 21, 2024

व्यावसायिक र सृजनशील प्रशासन,विकास, समृद्धि र सुशासन

Membership

संग्रहालय सदस्यता सम्बन्धमा

के तपाईले संग्रहालय सदस्यता प्राप्त गर्नभयो ? गर्नभएको छैन भने संग्रहालय सदस्यता प्राप्त गरि सहुलियत रुपमा संग्रहालयको भ्रमण गर्नुहोस् ।

शर्तहरु

  • नेपाल भित्रको कुनै पनि सामुदायिक वा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी हुनुपर्ने छ ।
  • कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरु सदस्य बन्न सक्नेछन् ।


आवश्यक कागजातहरु

  • विद्यार्र्थी र विद्यालयको नाम र ठेगाना
  • पासपोर्ट साइजको २ प्रति फोटो
  • शुल्क प्रति विद्यार्थी रु ३० मात्र


प्रदान गरिने सेवा सुविधा

  • संग्रहालय अवलोकनका लागि हरेक पटक आउँदा थप एक जना सहित निःशुल्क प्रवेश गर्न पाइने छ ।
  • संग्रहालयद्वारा आयोजना गरिने शैक्षिक तथा अन्य कार्यक्रमहरुमा सहभागी गराइने छ ।


पुनश्च

  • यस कार्यक्रममा सहभागी हुनको लागि कार्यालयको प्रशासन शाखा वा वेबसाइटबाट संग्रहालय सदस्यता फारम प्राप्त गरि सबै विवरण भरि संग्रहालयको प्रशासन शाखामा बुझाउनु पर्नेछ ।
  • यसरी प्राप्त हुन आएका सदस्यता फारमका आधारमा संग्रहालयद्वारा सदस्यता परिचय पत्र उपलब्ध गराईने छ ।
  • प्रत्येक पटक संग्रहालय अवलोकनका लागि अनिवार्य रुपमा संग्रहालय परिचय पत्र टिकट काउन्टरमा देखाउनु पर्दछ ।
  • साथै उक्त परिचय पत्र वार्षिक रुपमा नविकरण गराउनु पर्नेछ । नविकरण गर्दा कुनै प्रकारको शुल्क लाग्ने छैन ।

 

Download  form